• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरियाे भीमसेन थापा स्मृति पुरस्कार

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । यस वर्षको राष्ट्रिय विभूति भीमसेन थापा स्मृति पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिएकाे छ ।

भीमसेन थापाको २४९ औं जन्मजयन्तीका अवसरमा भीमसेन थापा स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयाेजित एक समाराेहबीच महावीर पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई साे पुरस्कार प्रदान गरेकाे हाे ।

समाराेहमा कार्यवहाक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले केन्द्रका संस्थापक पुनलाई हस्तान्तरण गर्नुभयो । पुरस्कारकाे राशी १ लाख रुपैयाँ र सम्मानपत्र छ ।

पुरस्कार हस्तान्तरण गर्दै उहाँले यसअघि पुनसँग भएको भएको सहमति कार्यान्वयनमा ढिलाई भएको भन्दै छिटै कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभयो । सरकारले अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार सम्बन्धी कामलाई एकीकृत रुपमा सञ्चालन गर्न आवश्यक कानुनलाई चाँडै सदनमा लैजाने समेत मन्त्री खड्काले बताउनुभयाे ।

केन्द्रका संस्थापक पुनले अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार सम्बन्धी काममा युवाहरुलाई परिचालन गर्दै मुलुकको विकास गर्न सकिने बताउनुभयो । सरकारले यसअघि आफूसँग गरेको सहमतिका केही बुँदाहरु कार्यान्वयन नभएको भन्दै उहाँले मन्त्री खड्काको ध्यानाकर्षण गराउनुभएको थियो । 

प्रतिष्ठानको साउन ९ गते बसेको बैठकले यस वर्षको भीमसेन थापा स्मृति पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान निर्णय गरेको थियाे । गत वर्ष साे पुरस्कार भक्ति थापा स्मृति प्रतिष्ठानलाई प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस