आईजीपीले उद्घाटन गरे भोजपुर प्रहरीको नयाँ भवन
काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिल्ला प्रहरी कार्यालय भोजपुरको नवनिर्मित भवन उद्घाटन गरेका छन् ।
आइतबार उनले भोजपुर पुगेर भवन उद्घाटन गरेका हुन् । नवनिर्मित तीन तले सो भवन ४ करोड ३३ लाखमा निर्माण सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
भवनको भुँइतल्लामा परिचालन कक्ष, कार्य शाखा, अपराध अनुसन्धान, उजुरी छानबिन शाखा तथा महिला र पुरुषको छुट्टाछुट्टै हिरासत कक्ष रहेको छ ।
पहिलो तल्लामा कार्यालय प्रमुख कक्ष, प्रशासन शाखा र प्रहरी निरीक्षक कक्ष रहेको छ । नवनिर्मित भवनको तेस्रो तल्लामा प्रहरी संचार कक्ष रहेको बताइएको छ ।
भोजपुर जिल्ला प्रहरी कार्यालय परिसरमा दुईतले ब्यारेक भवन पनि उद्घाटन गरिएको छ । ब्यारेक भवनमा ८२ जना जुनियर प्रहरी अधिकृत र जवान तथा हवल्दारका लागि आवासको व्यवस्था रहेको छ ।


प्रतिकृया दिनुहोस