• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

पाँच वर्षभित्र तयार हुन्छ फास्ट ट्रयाक – नेपाली सेना

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । राष्ट्रिय गौरवकाे आयोजना रहेको तराई मधेश द्रुतमार्ग ०८१ सालसम्म बन्ने भएको छ ।

डीपीआर बन्ने क्रममा केही समस्या आउँदा द्रुतमार्ग निर्माण सुरु गर्न ढिलाई भएकाे थियाे । अब भने रोकावट नभइ काम हुने नेपाली सेनाले जनाएको छ । निर्माणाधीन द्रुतमार्गको काम नेपाली सेनाले लिएकाे छ । यसअघि भारतीय कम्पनी आईएल एण्ड एफएसले डीपीआर बनाउने जिम्मा लिएको थियो । 

सोमबार नेपाली सेनाले जंगी अड्डामा पत्रकार सम्मेलन गर्दै फास्ट ट्रयाकको हालसम्मको प्रगति तथा विशेषताबारे जानकारी दिएकाे थियो ।

नेपाली सेनाका सहायक रथी तथा फास्ट ट्रयाक आयोजना प्रमुख शरदलाल श्रेष्ठले फास्ट ट्रयाकको काम ०८१ सालसम्म सकिने बताए । 

उनका अनुसार भौगोलिक अवस्था र निर्माण अवधि जस्ता विषयलाई मध्यनजर गर्दै कार्य विभाजन गरिएकाे छ ।    

खोकना देखि निजगढ सम्म ७२.५ किमीको दुरीमा बन्ने द्रुतमार्गमा ५५.५ मिटर सडक खण्ड रहनेछन् । यस्तै साे सडकखण्डमा ६.४१ मिटकाे सुरुङ पनि हुने  आयोजना प्रमुख शरदलालले जानकारी दिए ।आयाेजनामा ८७ वटा पुल पनि बनाइनेछ । 

यसैगरी नेपाली सेनाले आउँदो पुसबाट सैन्य विज्ञान र प्रविधि प्रतियोगिता पनि सञ्चालन गर्ने भएको छ ।  नयाँ सोच, नव प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले यो प्रतियोगिता गर्न लागिएको हो ।  

 

 

 

प्रतिकृया दिनुहोस