पाँच वर्षभित्र तयार हुन्छ फास्ट ट्रयाक – नेपाली सेना
काठमाडौं । राष्ट्रिय गौरवकाे आयोजना रहेको तराई मधेश द्रुतमार्ग ०८१ सालसम्म बन्ने भएको छ ।
डीपीआर बन्ने क्रममा केही समस्या आउँदा द्रुतमार्ग निर्माण सुरु गर्न ढिलाई भएकाे थियाे । अब भने रोकावट नभइ काम हुने नेपाली सेनाले जनाएको छ । निर्माणाधीन द्रुतमार्गको काम नेपाली सेनाले लिएकाे छ । यसअघि भारतीय कम्पनी आईएल एण्ड एफएसले डीपीआर बनाउने जिम्मा लिएको थियो ।
सोमबार नेपाली सेनाले जंगी अड्डामा पत्रकार सम्मेलन गर्दै फास्ट ट्रयाकको हालसम्मको प्रगति तथा विशेषताबारे जानकारी दिएकाे थियो ।
नेपाली सेनाका सहायक रथी तथा फास्ट ट्रयाक आयोजना प्रमुख शरदलाल श्रेष्ठले फास्ट ट्रयाकको काम ०८१ सालसम्म सकिने बताए ।
उनका अनुसार भौगोलिक अवस्था र निर्माण अवधि जस्ता विषयलाई मध्यनजर गर्दै कार्य विभाजन गरिएकाे छ ।
खोकना देखि निजगढ सम्म ७२.५ किमीको दुरीमा बन्ने द्रुतमार्गमा ५५.५ मिटर सडक खण्ड रहनेछन् । यस्तै साे सडकखण्डमा ६.४१ मिटकाे सुरुङ पनि हुने आयोजना प्रमुख शरदलालले जानकारी दिए ।आयाेजनामा ८७ वटा पुल पनि बनाइनेछ ।
यसैगरी नेपाली सेनाले आउँदो पुसबाट सैन्य विज्ञान र प्रविधि प्रतियोगिता पनि सञ्चालन गर्ने भएको छ । नयाँ सोच, नव प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले यो प्रतियोगिता गर्न लागिएको हो ।



प्रतिकृया दिनुहोस