चार जिल्लाका एसपी फेरिए
काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) इन्चार्ज रहने चारवटा जिल्लाका प्रमुखलाई परिवर्तन गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय काभ्रेमा रविकुमार पौडेलको काज सरुवा गरिएको छ । काभ्रेमा कार्यरत जयराज सापकोटालाई भने नम्बर–२ प्रदेश प्रहरी कार्यालय जनकपुरमा सरुवा गरिएको छ ।
यस्तै जिल्ला प्रहरी कार्यालय स्याङ्जाको प्रमुखमा जनार्दन जीसीलाई पठाइएको छ । स्याङ्जाका एसपी राजकुमार लम्साललाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।
सर्लाहीमा कार्यरत एसपी गोपालचन्द्र भट्टराईलाई प्रहरी प्रधान कार्यालयको कानुन शाखामा ल्याइएको छ । सो स्थानमा भने प्रहरी उपरीक्षक विश्वमणि पोखरेललाई इन्चार्जको रुपमा सरुवा गरिएको छ ।
धादिङमा कार्यरत एसपी राजकुमार बैदवारलाई ट्राफिक महाशाखामा सरुवा गरिएको छ भने धादिङमा प्रहरी उपरीक्षक रविन्द्र रेग्मीलाई पठाइएको छ ।


प्रतिकृया दिनुहोस