थप १०६ जनामा काेभिड संक्रमण
काठमाडाैं । नेपालमा काेभिड-१९ संक्रमण फेरि बढ्न थालेकाे छ ।
गत २४ घण्टामा देशभर १ सय ६ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । पीसीआर र एन्टीजेन विधिबाट १ हजार ४ सय ८८ जनाकाे नमुना परीक्षण गर्दा १ सय ६ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
याेसँगै नेपालमा सक्रिय संक्रमितकाे संख्या ४ सय ३५ पुगेकाे छ । गत २४ घण्टामा ७४ जना संक्रमित निकाे भएका मन्त्रालयले जनाएकाे छ ।
गत २४ घण्टामा ३१ हजार ५ सय ५५ जनाले काेभिड विरुद्धकाे खाेप लगाएका छन् ।


प्रतिकृया दिनुहोस