• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

१६ किलो चरेशसहित नागढुंगाबाट दुई पक्राउ

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । धादिङबाट लागू औषध ‘चरेश’ लिएर काठमाडौं आउँदै गरेका दुईजनालाई प्रहरीले नागढुंगा चेकपोष्टबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुरका प्रताप बस्नेत र सन्तोष खत्री रहेका छन् । उनीहरुको साथबाट १६ किलो चरेश बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

बा३ख ८३८५ नम्बरको बस र ना१ज ५५८२ नम्बरको टाटा सुमो चेकजाँच गर्दा प्रहरीले उनीहरुको साथमा लागू औषध फेला पारेको थियो ।

५१ वर्षीय प्रताप बस्नेतको साथमा १४ किलो ५ सय २० ग्राम र १९ वर्षीय सन्तोषले बोकेको झोलामा १ किलो ९ सय ६० ग्राम चरेश फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई महानगरीय प्रहरी वृत थानकोटको हिरासतमा राखिएको छ ।

 

प्रतिकृया दिनुहोस