• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

ओलीले उठाए गम्भीर कुरा : लगानी सम्मेलन भाँड्ने प्रयास

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । विभिन्न शक्तिराष्ट्रका राजदूतहरु सक्रिय हुन थालेको तथा सत्तासीन नेकपाभित्र भाँडा बजेको आवाज सुनिन थालेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा गम्भीर कुरा उठाएका छन् । उनको भनाई छ– लगानी सम्मेलन भाँड्न समेत विभिन्न तत्वहरु सक्रिय भइरहेका छन् । 

सरकारले आउँदो चैतमा लगानी सम्मेलन गर्दैछ । सम्मेलनमा विभिन्न मुलुकका प्रतिनिधि आउँदैछन् । नेपालमा लगानी भित्राउन अत्यन्त महत्वपूर्ण ठानिएको सो सम्मेलनलाई प्रभावकारी बनाउन दुई साता अघि सरकारले कूटनीति व्रिफिङ पनि आयोजना गरेको थियो । सो व्रिफ्रिङमा अमेरिकी राजदूत र्याण्डी बेरी भने अनुपस्थित थिए । नेपालमा लगानी ल्याउन सकिने एक सम्भाव्य मुलुक अमेरिका पनि हो । 

तर, भेनेजुयला प्रकरणबाट चिसिएको अमेरिकासँगको सम्वन्ध सुधार भएको र सो प्रकरणको ‘च्याप्टर क्लोज’ भइसकेको मानिन्छ । 

प्रजातन्त्र दिवस मनाउन गठित मूल समारोह समितिको वैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले लगानी सम्मेलन भाँड्न प्रयास भइरहेको खुलासा गरेका हुन् । प्रधानमन्त्री स्वयंबाट यस्तो खुलासा हुनुलाई गम्भीर रुपमा लिइएको छ । सो भनाईसँगै उनले जनतामा निरासा फैलाउन सुनियोजित प्रयास भइरहेको पनि बताएका छन् । 

गृह मन्त्रालयमा आयोजित वैठकमा ओलीले केही दिन अघि अरुण तेस्रो जलविद्युत परियोजनाको मेशिन जलाउने र कार्यालयमा क्षति पुराउने काम गरिएको उदाहरण दिँदै भने– ‘यो एउटा आयोजनाको मेशिन जलाइएको र तोडफोड गरिएको मात्रै होइन, नेपाललाई बिजुलीकरण गर्नुुहुँदैन, ऊर्जा उत्पादन गर्नुहुँदैन, वैदेशिक लगानी आउनुहुँदैन र विकास गर्न हुँदैन भन्ने उद्देश्यले, नेपाललाई अन्धकार युगमा राख्ने उद्देश्यले गरिएको आपराधिक काम हो, यसलाई राजनीतिसँग जोड्नु हुँदैन ।’
 

प्रतिकृया दिनुहोस