'इन्स्पेक्टर हूँ' भन्दै पैसा असुल्न खोज्ने पक्राउ
काठमाडौं । नेपाल प्रहरीको ‘इन्सपेक्टर हूँ’ भन्दै पैसा असुल गर्न खोज्ने २७ वर्षीय दिव्यप्रकाश चतुर्वेदीलाई प्रहरीले पक्राउ गरेको छ।
चतुर्वेदीलाई जिल्ला प्रहरी कार्यालय पर्साले बुधवार पक्राउ गरेको हो । चतुर्वेदीले हेटौडाका अन्नत खतिवडालाई आफू पर्सा जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाको ‘निरीक्षक हूँ’ भन्दै पैसा मागेका थिए ।
अनन्तको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
एसपी राठौरका अनुसार उनी हातहतियार तथा खरखजाना मुद्धामा पर्सा जिल्ला अदालतको आदेशले ०७५ मा एक लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।


प्रतिकृया दिनुहोस