• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

'इन्स्पेक्टर हूँ' भन्दै पैसा असुल्न खोज्ने पक्राउ 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाल प्रहरीको ‘इन्सपेक्टर हूँ’ भन्दै पैसा असुल गर्न खोज्ने २७ वर्षीय दिव्यप्रकाश चतुर्वेदीलाई प्रहरीले पक्राउ गरेको छ। 

चतुर्वेदीलाई जिल्ला प्रहरी कार्यालय पर्साले बुधवार पक्राउ गरेको हो । चतुर्वेदीले हेटौडाका अन्नत खतिवडालाई आफू पर्सा जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाको ‘निरीक्षक हूँ’ भन्दै पैसा मागेका थिए ।

अनन्तको सूचनाको आधारमा  उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । 

एसपी राठौरका अनुसार उनी हातहतियार तथा खरखजाना मुद्धामा पर्सा जिल्ला अदालतको आदेशले ०७५ मा  एक लाख रुपैयाँ धरौटीमा छुटेका थिए । 
 

प्रतिकृया दिनुहोस