• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

काेभिड: १३ जिल्लामा शून्य संक्रमण

समाचार

समाचार

काठमाडाैं । देशका १३ जिल्ला कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, रामेछाप, मनाङ, मुस्ताङ, स्यांजा, अर्घाखाची, हुम्ला, डोल्पा, कालीकोट पश्चिम रुकुम र दार्चुला संक्रमणमुक्त भएका छन् ।

पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला काठमाडौं र दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज जारी गरेको नियमित बुलेटिनका अनुसार तीन हजार पाँच सय १२ परीक्षणमध्ये ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

देशभर एक सय ६० कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यो दर प्रतिशत ९८.६ प्रतिशत रहेको छ । सक्रिय संक्रमितको संख्या एक हजार ६ सय १९ पुगेको छ । यस्तै होम आइसोलेसनमा एक हजार पाँच सय ५८, संस्थागत आइसोलेसनमा ६१, सघन उपचार कक्ष (आइसियु)मा १९ जनाको उपचार भइरहेको छ । 

–रासस
 

प्रतिकृया दिनुहोस