• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

६२३ संक्रमित थपिँदा ४८७ जना निकाे भए

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । नेपालमा थप ६ सय २३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । 

गत २४ घण्टामा देशभर १ हजार ६ सय २१ जनाकाे पीसीआर परीक्षण गर्दा २ सय ४६ जना र ३ हजार ३ सय २४ जनाकाे एन्टीजेन परीक्षण गर्दा ३ सय ७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

गत २४ घण्टामा देशभर थप ४ सय ८७ जना संक्रमित निको भएका छन् । याेसँगै नेपालमा काेभिडबाट मुक्त हुनेकाे संख्या ९ लाख ७७ हजार ८ सय ४५ पुगेकाे मन्त्रालयले शुक्रबार सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ ।

गत २४ घण्टामा काेभिडका कारण कसैकाे पनि ज्यान गएकाे छैन । नेपालमा हाल ५ हजार २४ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस