८६८ संक्रमित थपिए, तीन जनाले ज्यान गुमाए
काठमाडाैं । नेपालमा थप ८ सय ६८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा देशभर ३ हजार ६ सय १४ जनाकाे पीसीआर परीक्षण गर्दा ४ सय ९६ जना र ३ हजार ९१ जनाकाे एन्टीजेन परीक्षण गर्दा ३ सय ७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
गत २४ घण्टामा थप ४ सय १४ संक्रमित निकाे भएका मन्त्रालयले बुधबार जारी गरेकाे तथ्यांकमा उल्लेख छ । गत २४ घण्टामा थप ३ जना संक्रमितले ज्यान गुमाएका छन् ।नेपालमा ५ हजार ८ सय ८५ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस