• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

८६८ संक्रमित थपिए, तीन जनाले ज्यान गुमाए

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । नेपालमा थप ८ सय ६८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । 

गत २४ घण्टामा देशभर ३ हजार ६ सय १४ जनाकाे पीसीआर परीक्षण गर्दा ४ सय ९६ जना र ३ हजार ९१ जनाकाे एन्टीजेन परीक्षण गर्दा ३ सय ७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

गत २४ घण्टामा थप ४ सय १४ संक्रमित निकाे भएका मन्त्रालयले बुधबार जारी गरेकाे तथ्यांकमा उल्लेख छ । गत २४ घण्टामा थप ३ जना संक्रमितले ज्यान गुमाएका छन् ।नेपालमा ५ हजार ८ सय ८५ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस