२४ घण्टामा थपिए ९१५ संक्रमित
काठमाडाैं । देशभर थप ९ सय १५ जनामा कोभिड-१९ संक्रमित थपिएका छन् ।
गत २४ घण्टामा ३ हजार ९१ जनाकाे पीसीआर परीक्षणका गर्दा ५ सय ९० जना र २ हजार ९ सय ११ एन्टीजेन परीक्षण गर्दा ३ सय २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
गत २४ घण्टामा थप ३ सय १ जना संक्रमित निको भएका मन्त्रालयले बुधबार सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ । गत २४ घण्टामा कोभिडका कारण कसैकाे पनि ज्यान नगएकाे मन्त्रालयले जनाएको छ ।
नेपालमा हाल ५ सय ४ सय ३३ जना सक्रिय संक्रमित छन् ।


प्रतिकृया दिनुहोस