• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

नेपालमा सक्रिय संक्रमितकाे संख्या ४३६९

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । नेपालमा काेभिड-१९ का सक्रिय संक्रमितकाे संख्या ४ हजार ३ सय ६९ पुगेकाे छ ।

शनिबार देशभर ४ सय ३८ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितकाे संख्या ४ हजार ३ सय ६९ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।  १ हजार ७ सय ७९ जनाकाे पीसीआर परीक्षण गर्दा २ सय ९२ जना र १ हजार ९ सय २० जनाकाे एन्टीजेन परीक्षणका गर्दा १ सय ४६ जनामा संक्रमण पुष्टि भएको हो ।

शनिबार थप २ सय ७७ संक्रमित निको भएका छन् । याेसँगै नेपालमा काेभिडमुक्त हुनेकाे संख्या ९ लाख ६९ हजार ९ सय ६५ पुगेकाे मन्त्रालयले शनिबार सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ ।

शनिबार थप २ जना संक्रमितकाे ज्यान गएकाे छ । याेसँगै नेपालमा कोभिडका कारण ११ हजार ९ सय ६६ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिकृया दिनुहोस