• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

२४ घण्टामा थपिए २२९ संक्रमित थपिए

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । नेपालमा थप २ सय २९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । 

गत २४ घण्टामा देशभर १ हजार ६ सय ४४ जनाकाे पीसीआर परीक्षण गर्दा १ सय ६१ जना र २ हजार ७४ जनाकाे एन्टीजेन परीक्षण गर्दा ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

गत २४ घण्टामा देशभर थप ४८ जना निको भएका छन् । याेसँगै नेपालमा काेभिडमुक्त हुनेकाे संख्या ९ लाख ६७ हजार ९ सय ६ पुगेकाे मन्त्रालयले शुक्रबार सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ ।

गत २४ घण्टामा काेभिडबाट कुनै पनि संक्रमितकाे ज्यान नगएकाे मन्त्रालयले जनाएकाे छ । नेपालमा हाल १ हजार २ सय ८४ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस