देशभर ९८ संक्रमित थपिए
काठमाडाैं । नेपालमा काेभिड-१९ संक्रमितकाे संख्या फेरि बढ्न थालेकाे छ ।
गत २४ घण्टामा देशभर ९८ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । देशभर १ हजार ६१ जनाकाे पीसीआर परीक्षण गर्दा ८३ जना र १ हजार ९३ जनाकाे एन्टीजेन परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो ।
गत २४ घण्टामा देशभर थप २७ जना संक्रमित निको भएका छन् । याेसँगै नेपालमा काेभिडमुक्त हुनेकाे संख्या ९ लाख ६७ हजार ६ सय २५ पुगेकाे मन्त्रालयले शुक्रबार सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ । नेपालमा हाल ५ सय ६४ सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस