• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

बैतडीका एक लाख ७६ हजारले पाए कोभिडविरुद्ध पूर्ण खोप

समाचार

समाचार

बैतडी । बैतडीमा हालसम्म एक लाख ७६ हजार बढीले कोरोनाविरुद्ध पूर्ण खोप पाएका छन् । जिल्लास्थित स्वास्थ्य कार्यालयका अनुसार एक लाख ७६ हजार ४७ ले कोरोनाविरुद्धको पूर्ण खोप पाएका हुन् । 

कोरोनाविरुद्ध खोप पाउनेमा १२ वर्षमाथिका रहेका कार्यालयप्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । उहाँका अनुसार जिल्लाभरी ४१ हजार ९ सय ९५ ले ‘बुस्टर डोज’ लगाएका छन् । 

जिल्लाको दशरथचन्द नगरपालिकामा २८ हजार ७ सय २८ ले खोपको पहिलो मात्रा लगाएका छन् भने ३६ हजार ९ सय ४१ ले पूर्ण खोप लगाएका हुन् । यस नगरमा दुई हजार ८ सय १६ ले बुस्टर डोज लगाएका छन् । 
    
पाटन नगरमा २० हजार ४ सय ८८ ले खोपको पहिलो मात्रा लगाएका छन् भने २७ हजार ८ सय ३३ ले पूर्ण खोप लगाएका छन् । पाटनमा १५ हजार दुई सय दुईले बुस्टर डोज लगाएका छन् ।

यसैगरी पुर्चौंडी नगरमा २३ हजार एक सय ६ ले खोपको पहिलो मात्रा लगाएका छन् भने २२ हजार ३ सय ३४ ले पूर्ण खोप लगाएका छन् । पुर्चौंडीमा सात हजार ४ सय ६२ ले बुस्टर डोज लगाएका छन् । यस्तै मेलौली नगरमा १३ हजार ९ सय ९० ले खोपको पहिलो मात्रा लगाएका छन् भने ११ हजार ९ सय ७४ ले पूर्ण खोप लगाएका छन् । मेलौलीमा एक हजार ३३ ले बुस्टर डोज लगाएका हुन् । 

जिल्लाको डिलाशैनी गाउँपालिकामा १९ हजार ६ सय ८५ ले खोपको पहिलो मात्रा लगाएका छन् भने १३ हजार ८ सय ६९ ले खोपको पूर्ण मात्रा लगाएका छन् । डिलाशैनीमा चार हजार २ सय ४२ ले बुस्टर डोज लगाएका छन् । त्यसैगरि दोगडाकेदार गाउँपालिकामा २३ हजार २ सय ३६ ले खोपको पहिलो मात्रा लगाएका छन् भने १६ हजार ९ सय ४२ ले खोपको पूर्ण मात्रा लगाएका छन् । दोगडाकेदारमा ६ हजार ८ सय ९५ ले बुस्टर डोज लगाएका छन् । 

जिल्लाको सूर्नया गाउँपालिकामा १० हजार १ सय ६४ ले खोपको पहिलो मात्रा लगाएका छन् भने ३६ हजार ९ नाै सय ४१ ले खोपको पूर्ण मात्रा पाएका छन् । सूर्नयामा दुई हजार १ सय ३३ ले बुस्टर डोज लगाएका छन् । त्यस्तै पञ्चेश्वर गाउँपालिकामा १८ हजार ८२३ ले खोपको पहिलो मात्रा लगाएका छन् भने १३ हजार १ सय ७६ ले पूर्ण खोप पाएका छन् । पञ्चेश्वरमा २ सय १९ ले बुस्टर डोज लगाएका छन् । 

शिवनाथ गाउँपालिकामा भने सात हजार १ सय १३ ले खोपको पहिलो मात्रा लगाएका छन् भने १० हजार ७ सय ३३ ले पूर्ण खोेप लगाएका छन् । शिवनाथमा एक हजार ९ सय ९३ जनाले बुस्टर डोज लगाएका छन् । यसैगरि सिगास गाउँपालिकामा नौ हजार ३ सय ३२ ले खोपको पहिलो मात्रा लगाएका छन् भने ११ हजार ७ सय १९ ले पूर्ण खोप पाएका छन् । 

जिल्लामा हाल पनि कोरोनाविरुद्धको खोप लगाउने क्रम जारी रहेको छ । यसअघि खोप लगाउन छुटेका सबैलाई खोप लगाउन स्वास्थ्य कार्यालय बैतडीले आग्रह गरेको छ । 

–रासस
 

प्रतिकृया दिनुहोस