• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

भारतबाट फर्केका तीन नेपालीमा देखियाे काेभिड

समाचार

समाचार

नेपालगञ्ज । भारतबाट फर्केका तीन नेपाली नागरिकमा कोरोना सङ्क्रमण भएको पाइएको छ ।

भारतको रुपैडिहा हुँदै नेपालगञ्ज आएका उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजजङ्ग शाहले जानकारी दिनुभयो । 

'केही दिनयता जमुनाहा नाका हुँदै भारतका विभिन्न स्थानबाट आउने नेपालीमा कोभिड संक्रमण पुष्टि भइरहेको छ', उहाँले भन्नुभयो ।

प्रमुख शाहका अनुसार आज दैलेख, प्यूठान र जाजरकोटका एक÷एक गरी तीनमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

उहाँले करिब दुई सातामा आठ जनामा कोरोना सङ्क्रमण भएको उल्लेख गर्दै जमुनाह नाकामा दैनिक ५० जनाको स्वास्थ्य परीक्षण भइरहेको बताउनुभयो । 

–रासस
 

प्रतिकृया दिनुहोस