• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

भोट माग्दामाग्दै मन्त्री नारायण खड्कालाई उदयपुरमा लखेटियो

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

--लक्ष्मी पाेखरेल--

 

त्रियुगा । परराष्ट्र मन्त्री डा. नारायण खड्काले मौन अवधीमा चुनाव प्रचार गर्न थालेपछि स्थानीयले लखेटेका छन् । 

उहाँले मौन अवधीको खुलेआम उल्लंघन गर्दै आज उदयपुरमा आफ्नो पार्टीका लागि भोट माग्नुभएको छ । 

स्थानीय निर्वाचन प्रयोजनका लागि मौन अवधी सुरु भइसकेको छ । यस्तो अवधीमा चुनाव प्रचारप्रसार गर्न पाइँदैन । 

कांग्रेस केन्द्रीय सदस्य समेत रहनुभएका डा. खड्का आज बिहान उदयपुरको जलजले पुग्नुभएको थियो । उहाँले स्थानीय मुस्लिम बस्तीमा पुगेर भोट माग्नुभएको हो । 

मन्त्री खड्काको साथमा त्रियुगा नगरपालिमा कांग्रेसका मेयर उम्मेदवार वसन्त बस्नेत र वडा नम्बर ६ का अध्यक्ष उम्मेदवार कृष्ण बुढाथोकी पनि हुनुहुन्थ्यो । 

जलजलेका जगरनाथ दासको घरमा स्थानीयलाई भेला गरी मन्त्री खड्काले एउटा सानो समारोह गर्नुभएको थियो । समारोहमा मन्त्री खड्काले कांग्रेसका लागि भोट मागिरहँदा नेकपा एमाले सम्वद्ध राष्ट्रिय युवा संघका कार्यकर्ताले  अवरोध गरेका थिए । युवा संघका कार्यकर्तालाई स्थानीयले पनि साथ दिएको थियो । 

मन्त्रीको टोलीको प्रतिकार हुने अवस्था देखिएपछि मन्त्रीको टोली भागेको थियो । 

जलजलेबाट भागेको मन्त्री खड्काको टोली भोट माग्नकै लागि त्रियुगा नगरपालिका वडा नम्बर ६ को स्कूल टोलमा पसेको थियो । त्यहाँ पनि स्थानीयसँग विवाद भएपछि मन्त्रीको टोली पछाडि हटेको थियो । 

एमालेका स्थानीय नेता रमाकान्त चौधरीले मन्त्री सहितको टोलीलाई आफूहरुले लखटेको बताउनुभयो । 
 

 

प्रतिकृया दिनुहोस