बाँकेका सबै मतदानस्थलमा सिसीटिभी क्यामेरा जोडिँदै
नेपालगञ्ज । बाँके जिल्लाका सबै मतदानस्थलमा सिसीटिभी क्यामेरा जोड्ने तयारी भइरहेको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले त्ससका लागि तयारी भइरहेको र केही दिनमै काम सुरु गर्ने जानकारी दिनुभयो ।
'हामी त्यसैको तयारीस्वरुप विभिन्न मतदानस्थल अनुगमन गरिरहेका छौँ', प्रजिअ खत्रीले भन्नुभयो । सरकारले निर्वाचनका लागि सिसीटिभी क्यामेरा अनिर्वाय गरेको छ ।
जिल्लामा कुल मतदानस्थल १ सय ३६ र मतदान केन्द्र ३ सय ७९ छन् । सुरक्षाका दृष्टिकोणले ११२ अतिसंवेदनशील र २४ संवेदनशील मतदानस्थल छन् ।
जिल्लामा राष्ट्रिय मान्यताप्राप्त छ दलबाहेक साना २३ दल यसपटक निर्वाचनमा सहभागी भएका छन् ।


प्रतिकृया दिनुहोस