• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

राप्ती अस्पतालमा कोभिडका बिरामी शून्य

समाचार

समाचार

तुलसीपुर । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा  कोभिड संक्रमितको संख्या शून्य भएको छ ।

अस्पतालका फोकल पर्सन दोर्ण वलीले भन्नुभयो, 'एक महिना जति भयो, अहिले कोरोना अस्पतालमा संक्रमितको संख्या शून्य अवस्थामा छ । अहिले अन्य बिरामीलाई ती शय्यामा राख्ने गरेका छौँ ।' अहिले सामान्य बिरामीलाई त्यहाँ राख्ने गरिएको उहाँले बताउनुभयो । कुनै समय शय्या भरिभराउ हुन्थे । शय्या पाउन हानथाप नै हुन्थ्यो तर अहिले शून्य छ ।

कोरोनाका बिरामी नआउँदासम्म त्यहाँ अन्य बिरामीलाई राखिने उहाँको भनाइ छ । यसअघि बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत आयुर्वेद शिक्षण अस्पतालमा उक्त अस्पताल सञ्चालनमा थियो । असोजदेखि प्रादेशिक अस्पतालको योगा हलमा उक्त कोरोना एकाइ केन्द्र सञ्चालनमा आएको हो ।

अस्पताल ६० शय्याकोे छ । यसमा आइसीयू, एनआइसीयू र एचडीयूका शय्या छन् । कोरोनाका बिरामी आए भने उक्त अस्पतालमा कोभिडका बिरामीलाई नै राखिने उहाँको भनाइ छ ।

' कोभिडका बिरामी आएमा पुनः हामीले कोरोना बिरामीलाई नै राख्छौँ', उहाँले भन्नुभयो, 'नत्र भने सामान्य बिरामीलाई नै राखेर उपचार गराउने छौँ ।'

– रासस
 

प्रतिकृया दिनुहोस