नेपालमा सक्रिय संक्रमितकाे संख्या १९६० मा झर्यो
काठमाडाैं । नेपालमा थप १८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा देशभर २ हजार ८ सय २२ जनाकाे पीसीआर परीक्षण गर्दा १२ जना र १ हजार ५ सय २० जनाकाे एन्टिजेन परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । याेसँगै नेपालमा कोभिड संक्रमितको संख्या ११ लाख १८ हजार ४ सय १४ पुगेको मन्त्रालयले शुक्रबार सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ ।
गत २४ घण्टामा थप २ सय ७१ संक्रमित निकाे भएका छन् । याेसँगै नेपालमा काेभिडमुक्त हुनेकाे संख्या ९ लाख ६४ हजार ३ सय ९८ पुगेकाे मन्त्रालयले जनाएकाे छ । नेपालमा काेभिड निकाे हुने दर ९८ दशमलव ६ प्रतिशत रहेकाे मन्त्रालयले जनाएकाे छ ।
गत २४ घण्टामा काेभिडका कारण कसैकाे पनि ज्यान गएकाे छैन । नेपालमा अहिलेसम्म काेभिडबाट ११ हजार ९ सय ५१ जनाले ज्यान गुमाएका छन् । नेपालमा हाल १ हजार ९ सय ६० सक्रिय संक्रमित छन् ।


प्रतिकृया दिनुहोस