• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

१२७ जना संक्रमित थपिए,तीन जनाले ज्यान गुमाए

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडाैं । नेपालमा थप १ सय २७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । 

गत २४ घण्टामा देशभर ४ हजार ६ सय ७२ जनाकाे पीसीआर परीक्षण गर्दा १ सयय २३ जना र २ हजार २ सय २ जनाकाे एन्टिजेन परीक्षण गर्द ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा थप ३ सय २१ जना संक्रमित निको भएका छन् । याेसँगै नेपालमा काेभिडमुक्त हुनेकाे संख्या ९ लाख ५७ हजार ४ सय ८८ पुगेकाे मन्त्रालयले बुधबार सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ ।

गत २४ घण्टामा थप ३ जना संक्रमितकाे ज्यान गएकाे छ । याेसँगै नेपालमा कोभिडबाट ज्यान गुमाउनेकाे संख्या ११ हजार ९ सय ४१ पुगेकाे मन्त्रालयले जनाएकाे छ । नेपालमा हाल ७ हजार ७ सय ७० जना सक्रिय संक्रमित छन् ।

 

प्रतिकृया दिनुहोस