१५८ संक्रमित थपिँदा ३५४ जना निकाे भए
काठमाडाैं । नेपालमा थप १ सय ५८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएकाे छ ।
गत २४ घण्टामा देशभर ४ हजार ४ सय ५८ जनाकाे पीसीआर पीसीआर परीक्षण गर्दा ९२ जना र २ हजार ४६ जनाकाे एन्टिजेन परीक्षण गर्दा ६६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा थप ३ सय ५४ संक्रमित निको भएका मन्त्रालयले मंगलबार सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ । याेसँगै नेपालमा काेभिडमुक्त हुनेकाे संख्या ९ लाख ५७ हजार १ सय ६७ पुगेकाे छ ।
गत २४ घण्टामा थप २ जना संक्रमितकाे ज्यान गएकाे छ । याेसँगै नेपालमा कोभिडबाट ज्यान गुमाउनेकाे संख्या ११ हजार ९ सय ३८ पुगेकाे मन्त्रालयले जनाएकाे छ । नेपालमा हाल ७ हजार ९ सय ७१ सक्रिय संक्रमित आइशोलेशन र १ सय ६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस