१५५ संक्रमित थपिँदा ५४० जना निकाे भए
काठमाडाैं । नेपालमा थप १ सय ५५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा देशभर २ हजार २ सय ३९ जनाकाे पीसीआर परीक्षण गर्दा १ सय १ जना र २ हजार ९ सय १३ जनाकाे एन्टिजेन परीक्षण गर्दा ५४ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
गत २४ घण्टामा देशभर थप ५ सय ४० संक्रमित निको भएका मन्त्रालयले शनिबार सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ । याेसँगै नेपालमा काेभिडमुक्त हुनेकाे संख्या ९ लाख ५५ हजार ९ सय ९८ पुगेकाे छ ।
गत २४ घण्टामा थप २ जना संक्रमितकाे ज्यान गएको मन्त्रालयले जनाएको छ । याेसँगै नेपालमा कोभिडबाट ज्यान गुमाउनेकाे संख्या ११ हजार ९ सय ३४ पुगेकाे छ । नेपालमा हाल ८ हजार ८ सय ३९ सक्रिय संक्रमित छन् ।


प्रतिकृया दिनुहोस