• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

चितवनका ५६ हजार बढी बालबालिकाले  मोडर्ना खोप लगाए

समाचार

समाचार

चितवन । जिल्लामा १२ देखि १७ वर्षसम्मका ५६ हजार सात सय ८१ बालबालिकाले काेभिडविरुद्धको खोप लगाएका छन् ।

मोडर्ना खोप अभियानअन्तर्गत विद्यार्थीलगायतका बालबालिकालाई खोप लगाइएको हो ।

स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर महानगरपालिकामा ३३ हजार पाँच सय ८५, खैरहनीमा पाँच सय ३५, माडीमा तीन हजार एक सय १४ , रत्ननगरमा आठ हजार सात सय १६, राप्तीमा चार हजार नाै सय २७, कालिका नगरपालिकामा तीन हजार ६ सय ५२ र इच्छाकामना गाउँपालिकामा दुई हजार दुई सय ५२ जनाले खोप लगाएका हुन् ।

कार्यालयले पालिकाका स्वास्थ्य शाखामार्फत खोप लगाउने व्यवस्था गरेको थियो । यसअन्तर्गत दुई सय भन्दा बढी विद्यार्थी भएका विद्यालयमा नै खोप केन्द्र राखेर अभियान सञ्चालन गरिएको थियो ।

जिल्लामा ८० हजार हाराहारी सो उमेर समूहका बालबालिका रहेको अनुमान गरिएको छ ।

– रासस
 

प्रतिकृया दिनुहोस