८३६ संक्रमित थपिँदा १८२६ जना निकाे भए
काठमाडाैं । नेपालमा थप ८ सय ३६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा देशभर ४ हजार २ सय ६० जनाकाे पीसीआर परीक्षण गर्दा ४ सय ९१ जना र २ हजार ३ सय ९४ एन्टिजेन परीक्षण गर्दा ३ सय ४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा थप १ हजार ८ सय २६ संक्रमित निको भएका छन् । याेसँगै नेपालमा काेभिडमुक्त हुनेकाे संख्या ९ लाख ३४ हजार ६ सय ४८ पुगेकाे मन्त्रालयले शनिबार सार्वजनिक गरेकाे तथ्यांकमा उल्लेख छ ।
गत २४ घण्टामा थप ४ जना संक्रमितकाे ज्यान गएकाे छ । याेसँगै नेपालमा काेभिडबाट ज्यान गुमाउनेकाे संख्या ११ हजार ८ सय ८२ पुगेकाे मन्त्रालयले जनाएकाे छ । नेपालमा हाल २६ हजार १ सय २ जना सक्रिय संक्रमित छन् ।


प्रतिकृया दिनुहोस