• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

हेटौंडा अस्पतालमा अक्सिजन उत्पादन सुरु

समाचार

समाचार

बागमती । कोरोना संक्रमित बिरामीलाई अस्पतालमा अक्सिजनको अभाव हुन नदिन हेटौंडा अस्पतालले अक्सिजन उत्पादन सुरु गरेको छ ।

सो अस्पतालले अहिले दैनिक दुई सय ५० सिलिण्डर (ठूलो) उत्पादन गर्ने क्षमताको प्लान्ट निमार्ण गरेको सो अस्पतालले जनाएको छ । अमेरिकी सरकारको सहयोगमा संघीय  स्वास्थ्य मन्त्रालयले तीन करोड रुपैयाँको लागतमा दैनिक एक सय २५ सिलिण्डर अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गरेपछि आजदेखि प्लान्टबाट उत्पादन सुरु भएको सो अस्पतालका अध्यक्ष राजेश प्रसाईंले जानकारी दिनुभयो ।  

उद्योग संघ मकवानपुरले एक सय १० अक्सिजन सिलिण्डर र हेटौंडा उपमहानगरपालिकाले दैनिक १५ सिलिण्डर (ठूलो) अक्सिजन उत्पादन गर्ने प्लान्ट स्थापना गरिदिएको अध्यक्ष प्रसाईंले बताउनुभयो । अब कोरोनाका बिरामीलाई अक्सिजनको अभाव नहुने र हेटौंडा बाहिर अक्सिजनका लागि बिरामीलाई रेफर गर्नुपर्ने अवस्था नआउने उहाँको भनाइ रहेको छ । अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न धेरै मेहनत गर्नुपरेको बताउँदै उक्त अस्पतालमा भन्टिलेटरसहित २० शय्या तयारीको अवस्थामा रहेको बताइएको छ ।

हाल अस्पतालमा नौ कारोनाका बिरामी उपचारत रहेको अस्पतालका  सुपरिटेण्डेण्ट डा. रामचन्द्र सापकोटाले बताउनुभयो । मकवानपुर जिल्लामा हाल कोरोना संक्रमितको संख्या क्रमिक घट्दै गएको अस्पतालले जनाएको छ । 

–रासस
 

प्रतिकृया दिनुहोस