• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

२४ लाख डोज खोप चोरी काण्डमा संलग्न रहेको भन्दै विराेध खतिवडाविरुद्ध मुद्दा दर्ता हुँदै

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । काेभिड-१९ विरुद्धकाे २४ लाख डाेज खाेप चाेरी काण्डमा संलग्न रहेकाे आराेपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विराेध खतिवडाविरुद्ध मुद्दा दर्ता हुने भएकाे छ ।

नेकपा एमालेकाे युवा संगठन राष्ट्रिय युवा संघ नेपालले खोप चोरी प्रकरणमा संलग्न रहेको भन्दै मन्त्री खतिवडासहित अन्य व्यक्तिमाथि छानविनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता गर्ने भएकाे हाे । युवा संघका संयाेजक किरण पाैडेलका अनुसार मंगलबार मुद्दा दर्ता गरिनेछ ।

खतिवडाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि कोभिड-१९ विरुद्धको २४ लाख डोज खाेप गायब पारेर राज्यकोषको करिब २ अर्ब ४० करोड रकम हिनामिना गरेको तथ्य सार्वजनिक भइरहेकाले मुद्दा दर्ता गर्न लागिएकाे युवा संघले जनाएकाे छ । २४ लाख डाेज खाेप गायब भएकाे तथ्य सरकारकै सचिवले बाहिर ल्याएका थिए ।

खाेप खाेज्न भन्दै आइतबार मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच सदस्यीय छानबिन समिति पनि बनाएकाे छ ।

 

प्रतिकृया दिनुहोस