• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

उपत्यकामा चल्ने सार्वजनिक गाडीमा आजदेखि जोरबिजोर प्रणाली हट्यो

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । काठमाडाैं उपत्यकामा चल्ने सार्वजनिक गाडीमा आजदेखि जोर-बिजोर प्रणाली हटेकाे छ ।

शुक्रबार बसेकाे काठमाडाैं,ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीकाे बैठकले उपत्यकामा सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली हटाउने निर्णय गरेकाे थियाे । साेही अनुसार शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी जाेरबिजाेर प्रणाली हटाइएकाे हाे ।

ट्याक्सी र निजी गाडीमा भने जोरबिजोर प्रणाली कायमै रहने बैठकपछि जिल्ला प्रशासन कार्यालय काठमाडाैंले निकालेकाे आदेशमा उल्लेख छ । तर अत्यावश्यक र तोकिएका सवारी साधनमा भने जोरबिजोर लागू नहुने पनि आदेशमा उल्लेख छ ।

शुक्रबार नै बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले सार्वजनिक गाडीमा जोर-बिजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको थियो । सरकारले काेभिड रोकथाम तथा नियन्त्रणको निर्णय गर्ने अधिकार यसअघि नै प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

काेभिड संक्रमण बढ्दै गएपछी उपत्यकामा माघ ७ गतेदेखि जाेरबिजाेर प्रणाली लागू गरिएकाे थियाे । जाेरबिजाेरले भीड बढेकाे र काेभिड जाेखि झन् बढेकाे भन्दै तीब्र आलाेचना भएकाे थियाे । साेही अनुसार प्रशासनले जाेरबिजाेरकाे समीक्षा गरेर सार्वजनिक गाडीमा साे नियम हटाएकाे हाे ।

बैठकले माघ मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरेकाे छ । विश्वविद्यालयका परीक्षा भौतिक दूरीलगायत स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस