कर्मचारीमा कोभिड सङ्क्रमण देखिएपछि वाणिज्य बैँकको सेवा बन्द
रामेछाप । कर्मचारीमा कोभिड सङ्क्रमण पुष्टि भएपछि रामेछाप नगरपालिका–३ साँघुटार बजारको राष्ट्रिय वाणिज्य बैँकले सेवा बन्द गरेको छ ।
बैँकका दुई जना कर्मचारीमा बिहीबार कोभिड पुष्टि भएको थियो । कर्मचारीमा कोभिड पुष्टि भएपछि बैँकले शुक्रबारबाट सेवा बन्द गरेको हो । बैँकले एक सूचना जारी गरी अर्को सूचना नगरेसम्म सेवा सुचारु नहुने जनाएको छ ।
रामेछाप र ओखलढुङ्गाको सिमानामा रहेको सो बैँकले दुवै जिल्लाका नागरिकलाई सेवा दिँदै आएको थियो । अकस्मात् सेवा बन्द भएपछि शुक्रबार बैँकमा सेवा लिन पुगेका सेवाग्राही त्यतिकै फर्किएका थिए । सेवा केही दिन बन्द हुने बैँकले जनाएको छ ।
लोकप्रिय
-
विदेशी सम्बन्धनको नाममा विद्यार्थी झुक्याउँदै एमआईटी, विगतदेखि वर्तमानसम्म प्रश्नै प्रश्न
-
बालेनले अमेरिकी कार्यवाहक राजदूत भेटेपछि एमाले नेता थापाको प्रश्न– ‘अहंकारले देशलाई कति कूटनीतिक क्षति भयो?’
-
‘मलाई पदको लोभ छैन, नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व हो’ : देउवा
-
अर्थमन्त्रीज्यू, खै नेपाली झण्डा ? कि यसमा पनि बहाना बनाउने ?


प्रतिकृया दिनुहोस