देशभर ६८२७ कोभिड सङ्क्रमित थपिए, १० जनाको ज्यान गयाे
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८ सय २७ जना कोभिड सङ्क्रमित थपिएका छन् । सो अवधिमा १० जनाको ज्यान गएको छ ।
कूल १९ हजार ८ सय ६९ नमुना परीक्षण गर्दा ती सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै सक्रिय सङ्क्रमित सङ्ख्या ८९ हजार ९ सय ४१ पुगेको छ ।
काठमाडौँ उपत्यकामा २ हजार ९ सय ४० मा सङ्क्रमण पुष्टि हुँदा काठमाडौँमा २ हजार १ सय ५३, ललितपुरमा ५ सय १९ र भक्तपुरमा २ सय ६८ जना रहेका छन् ।


प्रतिकृया दिनुहोस