• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

भैरहवाको प्रशिक्षक पुबुदु दासानायाके

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । नेपाली क्रिकेटका सबैभन्दा सफल प्रशिक्षक पुबुदु दासानायाकेले एभरेष्ट प्रिमियर लिग (ईपीएल) फ्राञ्चाइज टोली भैरहवा ग्लाडियटर्सलाई प्रशिक्षण दिने भएका छन् ।

ईपीएलको इतिहासमा सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्दै दुईपटक उपविजेताको उपाधि जितेको भैरहवाले उनलाई प्रशिक्षकको रुपमा ल्याउँदै यो सिजनको उपाधि कब्जा गर्ने रणनीति बनाएको बुझिएको छ । 

टोलीले खेलाडीहरुहरु उत्कृष्ट प्रदर्शन गर्न सहायक होस् भन्दै दासानायाकेलाई प्रशिक्षकको रुपमा भित्र्याएको उल्लेख गरेको छ । 

दासानायाकेको प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले यसअघि सन् २०१३ मा आईसीसी विश्व क्रिकेट लिग डिभिजन ३ को उपाधि जितेको थियो । 

त्यस्तै बंगलादेशमा आयोजना भएको सन् २०१४ को टी–२० विश्वकपमा पनि सहभागिता जनाउन सकेको थियो । उनकै प्रशिक्षणमा चौथो डिभिजनमा रहेको नेपाल पहिलो डिभिजनसम्म उक्लन सफल भएको थियो ।

नेपालले पछिल्लो समय पाइरहेको सफलताको श्रेय पनि उनलाई जाने जानकारहरु बताउँछन् ।

भैरहवाका प्रशिक्षकको जिम्मेवारी पाएकोमा खुशी व्यक्त गर्दै पुबुदु भन्छन् – ‘भैरहवा ग्लाडियटर्ससँग आबद्ध हुन पाउँदा म उत्साहित छु । नेपाल सधैं नै मेरो मनमै रहने गरेको छ र यो अवसरको लागि म कृतज्ञ छु । नेपाल आएर नेपाली क्रिकेटको लागि जुनसुकै माध्यमबाट अगाडि बढाउन योगदान दिन पाएपनि म खुशी हुन्छु । ’

त्यस्तै भैरहवा टोलीका मालिक आदित्य सांघाईले पुबुदुलाई प्रशिक्षकको रुपमा भित्र्याउन पाउनु ठूलो सफलता रहेको बताएका छन् ।

भैरहवाका कप्तान शरद भेषावकरले पनि प्रशिक्षकमा पुबुदु आउने खबरमा उत्साहि हुँदै भने – ‘पुबुदु सर नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको रुपमा आएपछि नेपाली टोलीको मोड नै परिवर्तन भएको थियो । नेपाली क्रिकेटलाई नयाँ उचाइमा पु¥याएका उनलाई प्रशिक्षकको रुपमा पाउँदा म गर्व महसुस गरिररहेको छु । हामीले पछिल्ला दुई सिजनमा उपविजेतामा सिमित हुन परेको छ । पुबुदु सर आएसँगै हामीले यो सिजनमा उपाधि जित्ने विश्वास लिएको छु ।’
 

प्रतिकृया दिनुहोस