नबिल बैंकको सामुहिक र व्यक्तिगत दुर्घटना बीमा
काठमाण्डौँ । नबिल बैंककले सामुहिक र व्यक्तिगत दुर्घटना बीमा योजना बनाएको छ ।
नबिल बैंकले विगतदेखिनै आफ्ना ग्राहकहरुलाई व्यक्तिगत बचत खातामा १३ घातक रोगहरुको बीमा सुविधा प्रदान गर्दै आएको छ ।
हाल यसको अतिरिक्त बैंकले आफ्ना व्यक्तिगत बचत खाता ग्राहक वर्गलाई १० लाखको सामुहिक व्यक्तिगत दुर्घटना बीमा योजना ल्याएको बैंकका एक कर्मचारीले सनराइज खबरलाई बताए ।
यो योजना भदौ १५ गते देखि लागु हुदै आएको छ । नबिल बैंकको तर्फबाट बैंकका डेपुटि प्रमुख कार्यकारी अधिकृत अनिल खनाल र एन.एल.जी. बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लभ पन्तबीच सम्झौता भएको छ ।
यस योजना अन्तर्गत, दैनिक मौज्दात पाँच हजार वा सो भन्दा बढि राख्ने जुनसुकै बचत खाता वालाहरुलाई १० लाखको सामुहिक व्यक्तिगत दुर्घटना बीमा गरिएको हो ।
बचतकर्ताको दुर्घटनाद्वारा मृत्यु भएमा अथवा पूर्ण असक्तता भएमा एकमुष्ट १० लाख बीमा रकम प्रदान गरिने निर्णय बैंकले गरेको छ ।
साथै यो योजनामा सामिल भैरहन बचतकर्ताले सधैं पाँच हजार वा बढि मौज्दात कायम राख्नुपर्ने बैंकको नियम छ ।
त्यसैगरी पाँच हजार वा बढि मौज्दात कायम नभएका व्यक्तिगत बचत खातावालाहरुले आफ्नो खातामा नेपाली क्यालेन्डर बमोजिम कुनै पनि महिनाको पहिलो कार्य दिनबाट सधैं उक्त मौज्दात कायम राखी यस योजनामा सामेल हुन सकिनेछ ।
नयाँ व्यक्तिगत बचत खाता खोल्ने ग्राहकहरुको हकमा, बैंकको कुनै पनि व्यक्तिगत बचत खाताखोली पाँच हजार वा बढिको मौज्दात खाता खोलेको महिनाको अन्त्यमा मात्र पनि कायम राखी खाता खोलेकै दिनबाट यो योजनामा सामेल हुन सकिने छ ।
यस योजनामा सामेल हुन कुनै उमेर हद नभएतापनि नावालकको हकमा खाता संरक्षक यस योजनामा विमितहुन सक्ने नियम छ ।
बैंकले प्रदान गरिरहेको समान बीमा योजना ग्राहक स्वयंले खरिद गर्दा शुल्क व्यर्होर्नुपर्ने हुन्छ । आफ्ना व्यक्तिगत बचतकर्ताहरुको हितलाई मध्यनजर गरी यस योजनामा सामेल हुदालाग्ने बीमा प्रिमियमको खर्च बैंक स्वयंले व्यहोर्ने निती छ ।
सन् १९८४ देखि आफ्ना सम्माननिय ग्राहकहरुलाई समाय अनुकुल सेवा प्रदान गर्दै आएको नबिल बैंकको ७९ शाखा, एक सय ४० एटिएम र १५ सय भन्दा बढि नबिल रेमिट एजेन्टहरु छन् ।
देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् उच्चस्थरीय सेवा प्रदान गर्दै अघि बढ्ने विश्वास बैंकले जाहेर गरेको छ ।
यस योजना सम्बन्धि थप जानकारी बैंकको वेभसाइट र नबिल बैंकको कुनैपनि शाखा कार्यालय वा फोनबाट प्राप्तगर्न सकिने बैंकका अधिकृतले बताए ।


प्रतिकृया दिनुहोस