नेपाल र भारत उपाधिका लागि भिड्दै
काठमाडौं । नेपाल र भारत साफ यू–१५ च्याम्पियनसिपको उपाधिका लागि आज भिड्दै छन् । फाइनल खेल भारतको कल्याणीमा आज दिउँसो ३ः१५ बजे हुनेछ ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल भारत सँग ५–० को अन्तरले हारेको थियो । त्यसपछि लगाातार श्रीलंकालाई २–०, बंगलादेशलाई ४–१ र भुटानलाई ६–० ले हराउँदै नेपालले फााइनलको यात्रा तय गरेको हो ।
यू-१५ मा नेपाल अहिले सम्म च्याम्पियन हुन सकेको छैन । यसअघि सन् २०१३ र २०१७ मा फाइनल खेल्दा नेपाल भारतसँग नै पराजित भएको थियो ।


प्रतिकृया दिनुहोस