विज्ञप्तिमा विप्लव देखा परे : सरकारलाई काउन्टर दिने घाेषणा
काठमाडौं । नेत्रविक्रम चन्द विप्लवको समूहले अब आक्रामक रणनीति अपनाउने भएको छ । सो समूहले सरकारलाई काउन्टर दिने घोषणा गरेको छ । विप्लव समूह समाप्त हुन लाग्यो भनी समाचारहरु आउन थालेपछी सो समूहले आफ्नो मनोबल नखस्किएको देखाउन आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गरेको छ ।
पार्टी स्थायी समितिका सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित देशैभरीबाट नेता र कार्यकर्ताहरु ठूलो संख्यामा पक्राउ परेका छन् र विप्लव समूह विपत्तिमा परेको बताइएको छ । तर, महासचिव विप्लवले एक विज्ञप्ति जारी गरेर आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
विप्लव समूहका गतिविधिमा सरकारले फागुन २८ मा रोक लगाएको थियो । त्यस यता सो समूहका सयौं कार्यकर्ता पक्राउ परेका छने ।
विज्ञप्तिमा सरकारले आफ्नो पार्टीलाई प्रतिबन्ध लगाएर गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजेको आरोप लगाइएको छ ।
विप्लवले चैत २४ सम्म संघर्षका कार्यक्रम घोषणा गरेका छन् । सो कार्यक्रमअनुसार चैत १३ गते देशभर चोक जुलुस, चैत १४ गते देशभर कोणसभा र चैत १५ गते मशाल जुलुस राखिएको छ ।


प्रतिकृया दिनुहोस