नेपाल साफ यू–१५ को फाइनल नजिक, भुटान विरुद्ध ५–० को जित
काठमाडौं । नेपाली युवा टोलीले भुटानलाई ५–० गोल अन्तरले हराएको छ । जितसँगै भारतको कलकत्तामा जारी साफ यू–१५ च्याम्पियनसिपको फाइनल नजिक पुगेको प्रवेश गरेको छ ।
अर्को खेलमा बंगलादेशले भारत विरुद्ध ठूलो अन्तरको जित हात पार्न नसके नेपालले फाइनल खेल्ने पक्का हुनेछ ।
बिहीबार भएको खेलमा नेपालको लागि प्रदीप लम्सालले दुई तथा असिम राई, क्रिस सापकोटा र निराजन खत्रीले समान एक गोल गरे ।
राउण्ड रोबिन आधारमा खेलाइएको यो खेल जितेसँगै नेपालको लिग चरणको खेल सकिएको छ । चार खेल खेलेको नेपालले तीनमा जित हातपार्दै कुल नौ अंक जोडेको छ ।


प्रतिकृया दिनुहोस