• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

भुटान विरुद्ध खेल्दै नेपाल, फाइनल पुग्न खेल जित्नैपर्ने 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । साफ यू–१५ च्याम्पियनसिप अन्तर्गत आज नेपालले भुटानसँग खेल्दैछ । फाइनलमा पुग्ने लक्ष्य लिएको नेपाललाई खेल जित्नैपर्ने दबाब रहेको छ । 

भारतको कोलकातामा जारी यस प्रतियोगितामा तीनै खेल जितेको भारत नौ अंक सहित अंक तालिकाको शिर्ष स्थानमा छ । त्यस्तै तीन मध्ये दुई खेल जितेको नेपाल र बंगलादेशको समान ६ अंक रहेको छ । बंगलादेशलाई हराएको नेपाल हेड टु हेडको आधारमा भने अंक तालिकाको दोस्रो स्थानमा छ । 

श्रीलंका भने चार खेलमा एक जित सहित अंक तालिकाको चौथो स्थानमा छ भने तीनै खेल हारेको भुटान अन्तिम स्थानमा छ । 

राउन्ड रोबिन स्वरुपमा खेलिएको यस प्रतियोगिताको शिर्ष दुई टोलीले फाइनल खेल्ने छन् । सोही कारण नेपाललाई गर वा मरको स्थिति छ । 

आजको खेलमा भुटानलाई राम्रो अन्तरले हराएमा नेपाल फाइनल पुग्ने लगभग पक्का हुनेछ । आजै हुने अर्को खेलमा बंगलादेशले बलियो भारतलाई हराउनुपर्ने भएकोले पनि नेपालको सम्भावना बलियो देखिएको हो । 

प्रतिकृया दिनुहोस