• २९ भदौ २०८३, सोमबार
  • Monday,14 September,2026

टेली मन्त्रिपरिषद् बैठक यस्ताे प्रविधिबाट गरियाे, जुन असुरक्षित हाेइन

प्रताप दुलाल

प्रताप दुलाल


काठमाडौं । सिंगापुरमा प्रधानमन्त्री, काठमाडाै‌मा मन्त्रीहरु । उताबाट प्रधानमन्त्रीले अध्यक्षता गरे । त्यसरी चल्याे मन्त्रीपरिषद् बैठक । याे नाैलाे अभ्यासपछि प्रश्‍न उठाइन थालेकाे छ- मन्त्रिपरिषद् जस्ताे उच्च र संवेदनशील बैठक यसरी गर्दा गाेपनीयता कसरी रहन्छ ?

अहिले विश्‍वव्यापी रुपमा इन्टरनेट अ‌ाधारित कामहरुकाे गाेपनीयता ठूलाे चुनाैती बनिरहेकाे छ । रुसकाे मन्त्रिपरिषद्ले कतिसम्म गाेपनीयता अपनाएकाे छ भने कम्प्युटर समेत प्रयाेग गरिँदैन । परम्परागत टाइपराइटर प्रयाेग गरिन्छ ।

नेपालकाे मन्त्रिपरिषद्ले इन्टरनेटकाे माध्यमबाट जुन बैठक गर्‍याे, त्याे कति सुरक्षित भन्‍ने प्रश्‍न उठाइन थालेकाे छ । भिडियाे कन्फरेन्स मार्फत बसेकाे मन्त्रिपरिषद् बैठककाे सूचना चुहिने, गाेपनीयता नरहने लगायतकाे भनी प्रश्‍न उठाइएकाे छ । 

सिंगापुरमा प्रधानमन्‍त्री केपी शर्मा अ‍ाेली र नेपालमा मन्त्रीहरु बसेर गरिएकाे बैठक भिडियो कन्फरेन्स मार्फत् भएकाे थियाे । भिडियाे कन्फरेन्स मार्फत बैठक गर्ने विभिन्‍न तरिका छ । सबैभन्दा सुरक्षित मानिन्छ भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) । यही नेटवर्कबाट मन्त्रिपरिषद् बैठक गरिएकाे थियाे । 

अघिल्लो हप्ता बसेको मन्त्रिपरिषद् बैठकले भिडियो कन्फरेन्स मार्फत् बैठक बस्‍न सकिने निर्णय गरेको थियो । तर कस्ताे प्रविधिबाट बैठक गर्ने भन्‍ने निर्णयमा उल्लेख थिएन । यसकाे व्यवस्थापनमा सघाएका थिए प्रधानमन्त्रीका अ‌ाइटी सल्लाहकार अस्गर अलीले ।

मन्त्रिपरिषद् बैठकमा प्रयोग भएको प्रविधिको बारेमा जानकारी दिंदै अलीले सो ‘टेले प्रेजेन्स (टीपी)’ को सम्पूर्ण सूचनाहरु इन्क्रिप्ट अर्थात् कोडको रुपमा परिणत भई डाटा क्लाउडमा जाने र त्यहाँबाट टीपी सर्भरले डाटा ग्रहण गर्ने प्रविधि रहेको बताएका छन् ।

ती डाटाहरु पुनः डिकोड भइ काठमाडौंमा प्रसारण हुन्छ । यहि प्रकारले काठमाडौंको डाटा पनि सिंगापुर पुग्‍ने उनले बताएका छन् । सोहीकारण यी डाटाहरु सुरक्षित हुने बताइएकाे छ ।

मन्त्रिपरिषद् बैठक अ‍ायाेजना गरिएकाे प्रविधि फेसबुक लाइभ, स्काइप कल, युटुब स्ट्रिमीङ जस्तो असुरक्षित हाेइन । 

प्रतिकृया दिनुहोस