• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

सिरी ए मा इन्टर मिलान विजयी, लुकाकु चम्किए

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले विजयी सुरुआत गरेको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा लीसीलाई ४–० ले हराउदै इन्टर मिलानले विजयी सुरुआत गरेको हो ।

इन्टर मिलानलाई जिताउन रामेलु लुकाकु, मार्सेलो ब्रोजोविक, स्टेफानो सेनसी र एन्टोनियो क्यानड्रेवाले गोल गरे ।

बेल्जियन स्ट्राइकर लुकाकु यसै सिजन म्यानचेस्टर युनाइटेडबाट इन्टर मिलानमा अनुबन्ध भएका थिए । उनले डेब्यू खेलमा नै गोल गर्न सफल भएका हुन् ।

खेलको २१ औं मिनेटमा ब्रान्जोविकको गोल गर्दै इन्टरमिलानलाई १–० को अग्रता दिलाए । 

त्यस्तै खेलको २४ औं मिनेटमा सेन्सीले गोल गर्दै इन्टरमिलानलाई २–० को अग्रता दिलाए ।

त्यसैगरी खेलको ६० औँ मिनेटमा लुकाकुले गोल गर्दै इन्टरको अग्रता ३–० मा लगे ।

खेलको ७६ औँ मिनेटमा लीसी १० खेलाडीमा सीमित भयो । फारिएसले सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

खेलको ८४ औँ मिनेटमा क्यानड्रेभाले गोल गरेपछि इन्टर मिलान ४–० ले विजयी हुन सफल भयो ।

जितसँगै इन्टरले ३ अंक जोडेको छ ।

यसअघि लुकाकुले युनाइटेडमा रहदा क्लबका लागि ९६ खेलमा ४२ गोल गरेका थिए । 

प्रतिकृया दिनुहोस