विप्लव समूहबाट सरकारले घर खोस्यो
काठमाडौं । विप्लव समूहको कब्जामा रहेको काठमाडौंको एउटा घर प्रहरीले खाली गरेको छ । काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको सो घरमा विप्लव समूहको भ्रातृ संगठन जनसांस्कृतिक महासंघको सामना परिवारले कार्यालय बनाएको थियो ।
लाजिम्पाट स्थित सो भवन खाली गर्न महानगरपालिकाले गत ८ गते २४ घन्टे सूचना टास गरेको थियो । २४ घन्टा कटेपछि प्रहरी लगाएर खालि गराइएको हो । सामना परिवारको कार्यालयमा ताला लगाइएको थियो सो परिवारका नेताहरु सबै फरार भइसकेको बताइएको छ ।
सो भवनलाई विप्लव समूहले क्याम्पका रुपमा प्रयोग गरिरहेको थियो ।
विप्लव समूहको कब्जामा रहेको बुटवल स्थित वाणिज्य बैंकको स्वामित्वको घर पनि खाली गराइएको थियो । सो घर विप्लव समूहले कार्यालयको रुपमा प्रयोग गरिरहेको थियो ।
विप्लवले कहाँकहाँ सरकारी तथा सार्वजनिक भवन कब्जामा लिएको छ, सरकारले खोजी गरिरहेको छ ।


प्रतिकृया दिनुहोस