वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टमा भारतको सानदार जित
काठमाडौं । वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा भारत विजयी भएको छ । आइसीसी टेष्ट च्याम्पियनसिप अन्तर्गत वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टमा भारतले तीन सय १८ रनको कीर्तिमानी जित निकालेको हो ।
नर्थ साउन्डमा भारतले दिएको ४ सय १९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज दोस्रो इनिङ्समा १०० रनमा अलआउट भयो ।
उसका लागि दोस्रो इनिङ्समा केमार रोचले सर्वाधिक ३८ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
वेस्ट इन्डिजलाई कम स्कोरमा समेट्न भारतका जसप्रित बुमराहले ५, इशान्त शर्माले ३ र मोहमद सामीले २ विकेट लिए ।
त्यसअघि भारतले ७ विकेटको क्षतिमा ३४३ रन बनाएर इनिङ्स समाप्तीको घोषणा गरेको थियो । भारतका लागि अजिन्का राहानेले १०२, हनुमा विराहीले ९३ र कप्तान विराट कोहलीले ५१ रन बनाएका थिए ।
पहिलो इनिङ्समा भारत २ सय ९७ रन र वेस्ट इन्डिज २ सय २२ रनमा अलआउट भएका थिए ।
अवे खेलमा रनको आधारमा भारतले अहिलेसम्मकै ठूलो जित हासील गरेको हो ।


प्रतिकृया दिनुहोस