ला लिगामा बार्सिलोनाको पहिलो जित
काठमाडौं । एन्टोइन ग्रिजमनले दुई गोल गरेपछि बार्सिलोनाले ला लिगामा रियल बेटिसलाई ५–२ को गाेल अन्तरले पराजित गरेको छ । जारी सिजनमा बार्सिलोनाको यो पहिलो जित हो ।
घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि एन्टोइन ग्रिजमनले दुई तथा कार्लेस पेरेज, जोर्डी अल्वा र आर्टुरो भिडालले समान एकएक गोल गरे ।
बेटिसका लागि नविल फेकिर र लोरेन मोरनले गोल एक-एक गोल गरेपनि हार टार्न सकेनन् ।
बार्सिलोना पहिलो खेलमा एथ्लेटिक विल्वाओसँग १–० ले पराजित भएको थियो
आइतबार राति नै भएको अर्काे खेलमा एट्लेटिको मड्रिडले लेगानेसमाथि १–० को जित निकालेको छ ।
एट्लेटिकोको जितमा भिटोलोले गोल गरेका थिए ।
जितसँगै बार्सिलोनाले दुई खेलबाट ३ अंक जोड्दै नवौं स्थानमा छ भने एट्लेटिको दुई खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा छ ।


प्रतिकृया दिनुहोस