• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

ला लिगामा बार्सिलोनाको पहिलो जित

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । एन्टोइन ग्रिजमनले दुई गोल गरेपछि बार्सिलोनाले ला लिगामा रियल बेटिसलाई ५–२ को गाेल अन्तरले पराजित गरेको छ । जारी सिजनमा बार्सिलोनाको यो पहिलो जित हो । 

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि एन्टोइन ग्रिजमनले दुई तथा कार्लेस पेरेज, जोर्डी अल्वा र आर्टुरो भिडालले समान एकएक गोल गरे ।

बेटिसका लागि नविल फेकिर र लोरेन मोरनले गोल एक-एक गोल गरेपनि हार टार्न सकेनन् ।

बार्सिलोना पहिलो खेलमा एथ्लेटिक विल्वाओसँग १–० ले पराजित भएको थियो 

आइतबार राति नै भएको अर्काे खेलमा एट्लेटिको मड्रिडले लेगानेसमाथि १–० को जित निकालेको छ ।

एट्लेटिकोको जितमा भिटोलोले गोल गरेका थिए । 

जितसँगै बार्सिलोनाले दुई खेलबाट ३ अंक जोड्दै नवौं स्थानमा  छ भने एट्लेटिको दुई खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा छ ।
 

प्रतिकृया दिनुहोस