• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

ओलीकाे भाषणका मुख्य पाँच डाइलग

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद अधिवेशनकाे समापनमा महत्वपूर्ण मन्तव्य दिएका छन् । उनकाे मन्तव्यका महत्वपूर्ण पाँच बूँदा-

  • ऐतिहासिक उपलब्धि प्राप्त भएको छ। देशमा रहेको पृथकतावादी र विखण्डनवादी विचार र संगठनको गतिविधि त्यो अन्त्य भएको छ । अब विखण्डनवादी संगठन छैन। आफ्नै गान बनाएर हिँडेको समूहले सयौं थुंगा गाएर आफ्नो काम सुरु गर्छ। यो नेपालीले खुसी मनाउनुपर्ने अवस्था होइन ?
  • सार्वभौमसत्ता, राष्ट्रियता र भौगोलिक अखण्डताका विषयमा कुनै राष्ट्रले जनमत संग्रहको कल्पना पनि गर्न सक्दैन। त्यस्ता विषयमा जनमत संग्रह किमार्थ सम्भव छैन । सहमतिमा जनमत संग्रह भनिएको छैन। पहिले उहाँहरूको माग थियो। अहिले जनताको अभिमत जे हुन्छ त्यसअनुसार चल्ने भन्नुभएको छ।
  • केही मान्छेले खुसी हुनु पर्ने ठाउँमा आत्तिएर राष्ट्रघात हो भने। राष्ट्रघातको विषय र विचार समाप्त भयो। विखण्डनको अजेण्डा समाप्त भयो। उनीहरू  राष्ट्रिय राजनीतिमा आए । कुनै आग्रहको आँखाले नहेरी सम्झौता पढ्नु भए हुन्छ। अस्ति भ्याइएन भने आज दीपावली गरे हुन्छ।
  • चुनाव गर्न नदिन खाेजे । जलविधुत बनाउन नदिने । माेटर चढ्न नदिने । कसैले पैसा कमाउन नपाउने, उनीहरुलाई चन्दा दिनुपर्ने । अब यस्ताे चल्दैन । राज्यले विप्लव समूहको गतिविधि नियन्त्रण गर्न लागेकाे हाे, यसमा ब्याकगियर छैन।
  • आफूलाई लोकतान्त्रिक भन्ने मित्रबाट जनमतसंग्रहको कुरा सुनियो। अचम्म लाग्छ । कोही अहिले पनि फालिएको राजतन्त्रको पक्षमा जनमतसंग्रहको कुरा गर्छ। नागरिक भएको गर्व गर्न नसक्ने रैती हुन पाउँ  हजुर भन्छ । नेपाली जनता प्रतिगमन सुन्न पनि तयार छैनन् । यो गणतन्त्र रगत बगाएर ल्याएको हो, भिक्षामा पाएको होइन ।
प्रतिकृया दिनुहोस