• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

लिभरपुलले आर्सनललाई हरायो, चेल्सीको पहिलो जित

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दावेदार लिभरपुलले आर्सनललाई पराजित गरेको छ । घरे मैदान एन्फील्डमा शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई ३–१ ले हराएको हो । 

लिभरपुलको जितमा मोहोमद सालाहाले दुई गोल गरे । यस्तै जोएल माटिपले एक गोल गरे ।

आर्सनलका लुकास टोरेराले एक गोल फर्काएपनि हार टार्न सकेनन् । 

लिभरपुलको जारी लिगमा लगातार तेस्रो जित हो ।  यसअघि उसले नर्विच सिटी र साउथह्याम्प्टनलाई हराएको थियो ।

यसैगरी लिगको अर्को खेलमा चेल्सीले  पहिलो जित हात पारेको छ । गएराति भएको खेलमा चेल्सीले नर्विच सिटीलाई ३–२ गोल अन्तरले पराजित गरेर लिगमा पहिलो जित हात पारेको हो । 

सिटीको मैदानमा भएको खेलमा चेल्सीलाई जिताउन ट्यामी अब्राहमले दुई तथा मेसन माउन्टले एक गोल गरे ।

नर्विचका टिमु पुक्की र टेड क्यान्टबेलले एक एक गोल गरे । जारी सिजनमा चेल्सीको यो पहिलो जित हो ।

लिगकै अर्को खेलमा क्रिष्टल प्यालेसले म्यान्चेस्टर युनाईटेडलाई २–१ ले हराएको छ ।

यसैगरी वेष्ट ह्याम युनाईटेडले वाट्फोर्डलाई ३–१ ले हराएको छ । त्यसैगरी लेष्टर सिटीले शेफिल्ड युनाईटेडमाथि २–१ को जित हात पारेको छ । अर्को खेलमासाउथह्याम्पटनले ब्राईटनलाई २–० ले पराजित गरेको छ ।

प्रिमियर लिग फुटबलमा आइबार तीन खेल हुदै छन् ।  

साविक विजेता म्यान्चेस्टर सिटीले बर्नमाउथसँग खेल्नेछ ।  

अर्को खेलमा टोटनह्याम हट्सपर र न्युकासल युनाईटेड भिमड्ने छन् । 

त्यसैगरी वुल्भरह्याम्पटन वान्डरर्स र बर्न्ले बीचको खेलपनि आजै राति हुदैछ ।
 

प्रतिकृया दिनुहोस