लिभरपुलले आर्सनललाई हरायो, चेल्सीको पहिलो जित
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दावेदार लिभरपुलले आर्सनललाई पराजित गरेको छ । घरे मैदान एन्फील्डमा शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनललाई ३–१ ले हराएको हो ।
लिभरपुलको जितमा मोहोमद सालाहाले दुई गोल गरे । यस्तै जोएल माटिपले एक गोल गरे ।
आर्सनलका लुकास टोरेराले एक गोल फर्काएपनि हार टार्न सकेनन् ।
लिभरपुलको जारी लिगमा लगातार तेस्रो जित हो । यसअघि उसले नर्विच सिटी र साउथह्याम्प्टनलाई हराएको थियो ।
यसैगरी लिगको अर्को खेलमा चेल्सीले पहिलो जित हात पारेको छ । गएराति भएको खेलमा चेल्सीले नर्विच सिटीलाई ३–२ गोल अन्तरले पराजित गरेर लिगमा पहिलो जित हात पारेको हो ।
सिटीको मैदानमा भएको खेलमा चेल्सीलाई जिताउन ट्यामी अब्राहमले दुई तथा मेसन माउन्टले एक गोल गरे ।
नर्विचका टिमु पुक्की र टेड क्यान्टबेलले एक एक गोल गरे । जारी सिजनमा चेल्सीको यो पहिलो जित हो ।
लिगकै अर्को खेलमा क्रिष्टल प्यालेसले म्यान्चेस्टर युनाईटेडलाई २–१ ले हराएको छ ।
यसैगरी वेष्ट ह्याम युनाईटेडले वाट्फोर्डलाई ३–१ ले हराएको छ । त्यसैगरी लेष्टर सिटीले शेफिल्ड युनाईटेडमाथि २–१ को जित हात पारेको छ । अर्को खेलमासाउथह्याम्पटनले ब्राईटनलाई २–० ले पराजित गरेको छ ।
प्रिमियर लिग फुटबलमा आइबार तीन खेल हुदै छन् ।
साविक विजेता म्यान्चेस्टर सिटीले बर्नमाउथसँग खेल्नेछ ।
अर्को खेलमा टोटनह्याम हट्सपर र न्युकासल युनाईटेड भिमड्ने छन् ।
त्यसैगरी वुल्भरह्याम्पटन वान्डरर्स र बर्न्ले बीचको खेलपनि आजै राति हुदैछ ।


प्रतिकृया दिनुहोस