• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

केहि विधेयक पारित, केहि छलफलमा

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं –

राष्ट्रियसभाको आज बसेको बैठकले ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५’ पारित गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले पेश गरेको सो विधेयक बहुमतले पारित गरेको हो । 

विधेयकमा सांसद राधेश्याम अधिकारीले संसोधनको प्रस्ताव अघि सारेपनि सो प्रस्तावलाई अस्वीकृत गर्दै प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक आज पारित भएको हो ।

त्यस्तै आजै बसेको प्रतिनिधिसभाको ‘कानून, न्याय तथा मानव अधिकार समिति’को बैठकले ‘मुलुकी संहितासम्बन्धी केहि नेपाली कानूनलाई संसोधन गर्न बनेको विधेयक, २०७५’ माथि आवश्यक छलफल गरि संसद बैठकमा पठाउने निर्णय गरेको छ ।  

समितिका सभापति कृष्णभक्त पोखरेलले विधेयकसम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पठाउने निर्णय भएको बताएका हुन् । यसका साथै सो विधेयकमा परेका संसोधनहरु सम्बन्धमा समितिको आगामी बैठकबाट सरकारलाई निर्देशन दिने उनले जानकारी दिए ।

विधेयकको संसोधनकर्तामा शेरबहादुर तामाङ, यशोदा गुरुङ, प्रेम सुवाल लगायतका सांसदहरु रहेका छन् । 

प्रतिकृया दिनुहोस